आन्दोलनको मौका छोपेर लुटपाट गर्ने २६ जना सेनाको नियन्त्रणमा

सहयात्रा टिभी

काठमाडौं । भदौ २५ , नेपाली सेनाले हालको परिस्थितिको अनुचित फाइदा उठाई काठमाडौँ तथा भक्तपुरका विभिन्न इलाकामा लुटपाटमा संलग्न २१ जनालाई नियन्त्रणमा लिएको छ ।

भक्तपुरकोे राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध इलाकाबाट लुटपाटमा संलग्न आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँचजनालाई पनि सेनाले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : 10 September, 2025

प्रतिक्रिया दिनुहोस्