एसिया कप: बंगलादेशविरुद्ध श्रीलंका ६ विकेटले विजयी

सहयात्रा टिभी

काठमाडौं । भदौ २९, एसिया कपमा श्रीलंकाले विजयी सुरुवात गरेको छ। पहिलो खेलमा बंगलादेशलाई ६ विकेटले हराउँदै श्रीलंकाले विजयी सुरुवात गरेको हो।

टस जितेर सुरुमा फिल्ड रोजेको श्रीलंकाले बंगलादेशविरुद्ध कसिलो बलिङ गर्दै १३९ रनमा रोकेको थियो। १४० रनको लक्ष्य पछ्याएको श्रीलंकाले १४.४ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो।

बंगलादेशको जितमा ओपनर पथुम निसानकाको अर्थशतक बन्यो। उनले ३४ बलमा १ छक्का र ६ चौकासहित ५० रन बनाए। उसका लागि कमिल मिसराले नटआउट ४६ रन बनाए। बंगलादेशका मोहिद हसनले दुई विकेट हात पारे।

सुरुमा ब्याटिङ गरेको बंगलादेशका लागि सुरुवाती ब्याट्सम्यान चल्न सकेनन्। जाकर अली र शमीम हुसेन ले राम्रो साँझेदारी गरे पनि श्रीलंकामाथि जितका लागि आवश्यक रन बन्न सकेन। अलीले ४३ बलमा ४१ रन बनाउँदा समान बलमा हुसेनले ४२ रन जोडे।

एसिया कप अन्तर्गत आज समूह ‘ए’मा भारत र पाकिस्तान भिड्दैछन्। एसिया कपमा दुई समूहका आठ टिमले प्रतिस्पर्धा गर्दैछन्। समूह ‘ए’मा भारत, पाकिस्तान, यूएई र ओमान छन् भने समूह ‘बी’मा श्रीलंका, अफगानिस्तान, बंगलादेश र हङकङ छन्।

प्रकाशित : 14 September, 2025

प्रतिक्रिया दिनुहोस्