जेन–जी’ प्रदर्शनका क्रममा संसद् भवनबाट लुटपाट भएका सामान फिर्ता गर्न आग्रह

सहयात्रा टिभी

काठमाडौं । भदौ ३०, सङ्घीय संसद् सचिवालयले ‘जेन–जी’ प्रदर्शनका क्रममा संसद् भवनबाट लुटपाट भएका सामान फिर्ता गर्न आग्रह गरेको छ ।

राजधानीमा मङ्गलबार प्रदर्शनको क्रममा आगलगी गरेर ध्वस्त बनाएको नयाँ बानेश्वरस्थित संघीय संसद भवन । बाहिरबाट हेर्दा क्षति नभए पनि भित्रको सम्पूर्ण सामान ध्वस्त भएका छन् ।

सङ्घीय संसद् सचिवालय (आन्तरिक सेवा तथा योजना शाखा) ले आज सूचना निकालेर सामान फिर्ता गर्न आग्रह गरेको हो ।

संसद् सचिवालयका अनुसार प्रदर्शनका क्रममा टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर, स्क्यानर, क्यामेरा, टेलिभिजन, मनिटर, माइक, मिक्स्चर, स्पिकर, फोटोकपी मेशिन, विद्युतीय उपकरणलगायतका सामान लुटिएका छन् ।

यस्तै सङ्घीय संसद् सचिवालयले प्रदर्शनसँग सम्बन्धित भिडियोरसूचना दिन पनि आग्रह गरेको छ ।

 

 

प्रकाशित : 15 September, 2025

प्रतिक्रिया दिनुहोस्