जेनजी आन्दोलनपछि आज सार्वजनिक भए प्रचण्ड

काठमाडौं । भदौ ३१ , जेनजी आन्दोलनपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज सार्वजनिक भएका छन् ।
आन्दोलन हिंसात्मक बनेपछि प्रचण्डसहितका नेताहरुलाई नेपाली सेनाले ब्यारेकमा सुरक्षा दिएर राखेको थियो । जेनजी युवा आन्दोलनको क्रममा माओवादी केन्द्रीय कार्यालयमा आगजनी भएको थियो ।
उनले आज बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाको अवस्था अवलोकन गरेका छन् । अहिले माओवादी कार्यकर्ताहरुले पार्टी कार्यालय सरसफाइ गरिरहेका छन् ।