पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

सहयात्रा टिभी

काठमाडौं । असोज १ , मङ्गलबार राति खसेको पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ ।

फाइल तस्वीर

चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न तीन स्थानमा पहिरो खस्दा सडक दुईतर्फी नै बन्द भएको थियो । गाउँपालिकाको वडा नं ४ स्थित घोप्टेभिर, वडा नं ५ को तुइनखोला र वडा नं ६ को नाम्सीखोलामा पहिरो गएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका अनुसार बिहान ६ बजेदेखि तीनवटा एक्साभेटर प्रयोग गरी पहिरो पन्छाउने काम सुरु गरिएको थियो । सबै अवरोध हटाएर बिहान ९:१० बजेदेखि सडक पूर्ण रूपमा सञ्चालनमा ल्याइएको कार्यालय प्रमुख, प्रहरी निरीक्षक गायत्री शर्माले जानकारी दिए । सडक खुलेलगत्तै रातिदेखि रोकिएर बसेका सवारीसाधनहरू आ-आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

प्रकाशित : 17 September, 2025

प्रतिक्रिया दिनुहोस्