पूर्ण जलेका ७ शवको आफन्त सम्पर्कमा छैनन्

सहयात्रा टिभी

काठमाडौं । असोज १ , गते २३ र २४ भदौमा जेनजीले आह्वान गरेको प्रदर्शनका क्रममा विभिन्न भौतिक संरचनाहरूको क्षति, तोडफोड र आगजनी भयो ।

गत बुधबार (२४ भदौ) चुप्चेपाटीमा रहेको भाटभटेनी आगजानी भयो । केही दिनपछि सरसफाइ गर्ने क्रममा ७ जनाको शव फेला परेको थियो । ती शव पहिचानका लागि अहिले त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागमा छन् ।

फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार जेनजी प्रर्दशनका क्रममा मृत्यु भएका ४६ वटा शव पोस्टमार्टमका लागि आइपुगेका थिए । जसमध्ये ३९ जनाको पोस्टमार्टम गरिसकेर आफन्तले बुझिसकेका छन् । तर ७ वटा शव भने पूर्ण जलेका अवस्थामा छन् । उक्त शवको पोस्टमार्टम भएको छैन ।

बिहीबार कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा डढेको अवस्थामा एउटा शव भेटिएसँगै जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ७४ पुगेको छ ।

 

 

 

प्रकाशित : 17 September, 2025

प्रतिक्रिया दिनुहोस्