जेनजी आन्दोलनमा भएको क्षतिको विवरण संकलन सुरु

सहयात्रा टिभी

काठमाडौं । असोज १ , गत २३ र २४ भदौको जेनजी आन्दोलनका कारण स्थानीय तहमा भएको क्षतिको विवरण संकलन थालिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तह र जिल्ला समन्वय समितिलाई गुगल लिंक पठाउँदै क्षतिको विवरण प्रविष्ट गर्न भनेको छ ।

स्थानीय तह र समितिले कार्यालय तथा सरकारी सम्पत्तिको अवस्थाबारे संघीय सरकारमा जानकारी गराउनु पर्ने छ ।

भवन, मेसिनरी उपकरण, फर्निचर, सरकारी कागजात लगायतको क्षति विवरण उपलब्ध गराउन भनिएको छ । देशभरिका स्थानीय तहमा आन्दोलनकारीले ठूलो क्षति पुर्‍याएका छन् ।

प्रकाशित : 17 September, 2025

प्रतिक्रिया दिनुहोस्