फोटो पत्रकारहरुको बिज्ञप्ति : राष्ट्रपतिको कार्यक्रम बहिस्कार गर्ने

सहयात्रा टिभी

काठमाण्डौँ । माघ १६, फोटो पत्रकारहरुको समूह फोटो जर्नलिष्ट क्लबले आज एक विज्ञप्ती जारी गर्दै राष्ट्रपती कार्यलय तथा राष्ट्रपति सम्लग्न भएको कुनै पनि कार्यक्रमको फोटो सम्पेषण नगर्ने जानकारी गराएको छ । गएको माघ ५ गते भएको आयोजित प्रदेश प्रमुखहरुको सपथ ग्रहण कार्यक्रममा निजी सञ्चार माध्यमका फोटो पत्रकार र क्यामेरा पर्सनहरुलाई प्रवेश निषेध गरिएको थियो, जसको बिरोधस्वरुप यस्तो विज्ञप्ती निकालिएको हो ।

उक्त कार्यक्रममा सरकारी सञ्चारमाध्यमलाई भने निषेध थिएन । क्लबले सरकारी सञ्चार माध्यमलाई प्रवेश दिने तर निजीलाई रोक लगाइने कार्य प्रेस स्वतन्त्रता विरोधी र विभेदकारी कदम भएको ठहर गरेको छ ।

प्रकाशित : 30 January, 2018

प्रतिक्रिया दिनुहोस्