फागुन २१ का लागि तय भएको चुनाव सफल बनाउन प्रधानमन्त्रीको अपिल

काठमाडौं । असोज ३ , प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ का लागि तय भएको चुनाव सफल बनाउन अपिल गर्नुभएको छ ।

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ सालको अवसरमा काठमाण्डौको सैनिक मञ्च टुँडिखेलमा मूल समारोह आयोजना गरिएको हो । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा अन्तरिम सरकारका प्रधानमन्त्री कार्की, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत सहभागी हुनुहुन्थ्यो ।
पूर्वप्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाललगायत संविधान दिवसको मूल समारोहमा सहभागी हुनुभएन ।