एसिया कप : सुपर फोरमा आज भारत र पाकिस्तान भिड्दै

सहयात्रा टिभी

काठमाडौं । असोज ५, एसिया कपको सुपर फोरमा आज भारत र पाकिस्तान खेल्दैछन्। समूह चरणमा विजेता र उपविजेता बनेका भारत र पाकिस्तानले सुपर फोरमा भेट पक्का गरेका हुन्। यो खेल आइतबार राति ८:१५ बजे यूएईमा सुरु हुँदैछ।

समूह चरणको भेटमा भारतले पाकिस्तानलाई सात विकेटले पराजित गरेको थियो। भारत अपराजित टिम हो। समूह चरणका तीन खेलमा तीन जितसहित ६ अंक जोडेको भारत समूह विजेता हो। समूह चरणको भेटमा भारतसँग पराजित पाकिस्तानले ४ अंककासाथ समूहमा दोस्रो बन्दै सुपर फोरमा पुगेको हो।

समूह ‘ए’बाट भारत र पाकिस्तानले सुपर फोरमा स्थान बनाउँदा समूह ‘बी’बाट श्रीलंका र बंगलादेश सुपर फोर प्रवेश गरेका छन्। सुपर फोरको पहिलो खेलमा बंगलादेशले विजयी सुरुवात गरेको छ। गएराति भएको खेलमा श्रीलंकालाई चार विकेटले हराउँदै बंगलादेशले दुई अंक जोडेको हो। आठ टिम सहभागी एसिया कपबाट अफगानिस्तान, ओमान, यूएई र हङकङ भने समूह चरणबाटै बाहिरिएका छन्।

प्रकाशित : 21 September, 2025

प्रतिक्रिया दिनुहोस्