पहिरो पन्छाएपछि एकतर्फी खुल्यो नारायणगढ-मुग्लिन सडक

सहयात्रा टिभी

काठमाडौं । असोज ५, चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोला नजिक खसेको पहिरोका कारण अवरुद्ध सडक सुचारु भएको छ । आइतबार अपराह्न सडकबाट पहिरो पन्छाउने काम सकिएसँगै नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सुचारु भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।


शुक्रबार साँझ ६ बजेदेखि नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत पर्ने तुइन खोलामा गएको पहिरोले सडक अवरुद्ध बनेको थियो । सडक अवरुद्ध भएपछि हजारौँ यात्रुहरू अलपत्र परेका थिए । सडक एकतर्फी खुलेसँगै सवारी साधनहरूलाई गन्तव्यतर्फ पठाइएको छ ।

प्रकाशित : 21 September, 2025

प्रतिक्रिया दिनुहोस्