७ थान पेस्तोल र ३३ राउण्ड गोलीसहित दुई जनालाई पक्राउ

सहयात्रा टिभी

काठमाडौं । असोज ७, प्रहरीले काठमाण्डौ महानगरपालिका–१६ खरिबोटमा रहेको कार वास सेन्टरको पार्किङ स्थलबाट सात थान पेस्तोल, छ थान म्याग्जिन र ३३ राउण्ड एसएलआरको गोलीसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उदयपुरको उदयपुरगढी गाउँपालिका–८ घर भई तारकेश्वर नगरपालिका–५ लोलाङ बस्ने ३० वर्षीय हिराबहादुर मगर र रामेछापको मन्थली नगरपालिका घर भई हाल काठमाण्डौ महानगरपालिका–१६ बोहराटार बस्ने २८ वर्षीय लक्ष्मण श्रेष्ठ रहेको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक पूर्णिमा चन्दले जानकारी दिनुभयो ।

उहाँका अनुसार हिराबहादुर मगरलाई अस्ति र लक्ष्मण श्रेष्ठलाई हिजो पक्राउ गरिएको हो । उनीहरूको साथबाट ‘वाकीटकी ह्याण्ड सेट’ को ब्याट्री एक थानलगायतका सामान बरामद गरिएको प्रवक्ता चन्दले बताउनुभयो । प्रहरीका अनुसार फेला परेको हतियारका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।

 

प्रकाशित : 23 September, 2025

प्रतिक्रिया दिनुहोस्