गुन्डुमा केपी शर्मा ओली सार्वजनिक भए

सहयात्रा टिभी

काठमाडौं । असोज ७, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सार्वजनिक भएका छन् ।

भक्तपुरको गुन्डुस्थित निवासमा नेता-कार्यकर्तासहित ओली सार्वजनिक भएका हुन् । ओली सार्वजनिक भएपछि उनको नयाँ निवासमा नेता(कार्यकर्ता भेटघाटका लागि पुगेका छन् ।

भेटघाटमा पुगेकाहरूले केपी ओलीसँग फोटो खिचाएर फर्किएका छन् । सार्वजनिक भए पनि ओलीले त्यसक्रममा कुनै प्रतिक्रिया दिएनन् ।

भदौको २३ र २४ गते भएको जेनजी विद्रोहपछि प्रधानमन्त्री पदबाट राजीनामा दिएका ओली सार्जनिक भएका थिएनन् ।

२३ गते सुरु भएको विद्रोहमा गोली २४ गते आन्दोलनले ठूलो रुप लिएको थियो । प्रदर्शनकारी तोडफोड र आगजनीमा उत्रिएपछि ठूलो मानवीय र भौतिक तथा आर्थिक क्षति भएको थियो । त्यसपछि मात्रै उनले राजीनामा दिएका थिए ।

ओली नेतृत्वको सरकार ढलेपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । प्रतिनिधि सभा विघटन भइसकेको छ । नयाँ सरकारले २१ फागुनमा चुनावको मिति तोकेको छ ।

 

प्रकाशित : 23 September, 2025

प्रतिक्रिया दिनुहोस्