ऐन संशोधनका लागि अध्यादेशको गृहकार्यमा जुटे

सहयात्रा टिभी

काठमाडौं । असोज ७, गृह मन्त्रालय निर्वाचन ऐन संशोधनका लागि अध्यादेशको गृहकार्यमा जुटेको छ ।

यसअघि नै निर्वाचन आयोगले १६ वर्ष उमेर पुगेकाले मतदान गर्न पाउने अवस्थाका लागि प्रचलित व्यवस्थामा सुधारका लागि प्रस्ताव पठाएको छ । त्यसआधारमा गृह मन्त्रालयले निर्वाचन ऐनमा संशोधन गर्ने गरी अध्यादेश ल्याउने तयारी अगाडि बढाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराई निर्वाचन आयोगले प्रस्ताव पठाएपछि त्यसमा छलफलगरेर सरकारले नै अगाडि बढाउन सक्दछ ।

गृह मन्त्रालय स्रोतका अनुसार यसअघि बसेको मन्त्रिपरिषद्को बैठकमै निर्वाचन सम्बन्धी ऐन संशोधन अध्यादेश ल्याउने तयारी थियो । तर, विदेशमा रहेका नेपालीलाई समेत मताधिकार दिन सकिने विषयमा थप छलफल आवश्यक रहेको भनेर रोकिएको थियो ।

थप गृहकार्य गरेर निर्वाचन ऐन संशोधनका लागि अध्यादेश ल्याउने गृह मन्त्रालयको तयारी छ । यसमो गृहकार्यमा गृह मन्त्रालय रहेको छ ।

 

प्रकाशित : 23 September, 2025

प्रतिक्रिया दिनुहोस्