सिर्जनशील टिम बनाउन व्यस्त छु, फोन नगर्नुहोला : शिक्षामन्त्री पुन

सहयात्रा टिभी

काठमाडौं । असोज ८, शिक्षामन्त्री महावीर पुनले मन्त्रालयमा सिर्जनशील टिम बनाउन आफू व्यस्त भएकाले फोन र म्यासेन्जरमा कल नगर्न अनुरोध गरेका छन् ।

सामाजिक सञ्जालमा सक्रिय पुनले मोबाइल, म्यासेन्जर र ह्वाट्सएपमा हजारौं कल र मेसेज आएको भन्दै फोन नगर्न अनुरोध गरेका हुन् । पुनले आफू मन्त्रालयको एउटा गतिलो र सिर्जनशील टिम बनाउन व्यस्त भएकाले फोन नगर्न अनुरोध गरेका हुन् ।

मन्त्री पुनले फेसबुकमा लेखेका छन्, ‘अस्तीदेखि मोबाइलमा, मेसेन्जरमा र ह्वाट्सअपमा हजारौं कल र मेसेज आइरहेका छन्। म मन्त्रालयमा एउटा गतिलो र सिर्जनशील टिम बनाउन व्यस्त छु। त्यसैले केही दिनको लागि अनावश्यक फोन नगर्न र मेसेज नपठाउनु होला। धन्यवाद ।’

प्रकाशित : 24 September, 2025

प्रतिक्रिया दिनुहोस्