आज पनि बस्दै रास्वपाको केन्द्रीय समितिको बैठक 

सहयात्रा टिभी

काठमाडौं । असोज ८, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ ।

हिजोदेखि सुरु भएको बैठक आज पनि जारी रहने प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार दिउँसो १ बजेबाट  केन्द्रीय समितिको बैठक बस्नेछ ।

हिजोको बैठकमा ६ वटा प्रदेश सभापति र केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए । आज पनि धारणा राख्नेक्रम जारी रहनेछ । त्यसपछि सम्बन्धित पादधिकारीले जवाफ दिनेछन् ।

प्रवक्ता झाका अनुसार लगभग १० सदस्य र पदाधिकारीहरूले बोल्न बाँकी छ । त्यसपछि अरू तीन एजेन्डाहरूमा छलफल बाँकी रहेका छन् ।

विभिन्न सात एजेण्डा सहित रास्वपाको केन्द्रीय समितिको बैठक हिजोदेखि सुरु भएको हो । एजेण्डाहरूमा पार्टीको महाधिवेशन, परिवर्तित अवस्थामा, पार्टी संगठन एवं विभाग र आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन रणनीति सम्बन्धमा छ । आगामी फागुन २१ गतेका लागि चुनावको मिति तोकिएको छ ।

प्रकाशित : 24 September, 2025

प्रतिक्रिया दिनुहोस्