सामाजिक सञ्जाल टिकटकमा ‘एक्स्पोज झोले’ ट्रेन्ड सुरु

काठमाडौं । असोज ८, सामाजिक सञ्जाल टिकटकमा ‘एक्स्पोज झोले’ ट्रेन्ड सुरु भएको छ ।
टिकटक प्रयोगकर्ताले राजनीतिक दलमा आबद्ध र पुराना दलका नेतानिकट व्यक्तिहरूको फोटो राख्दै यो ट्रेन्ड सुरु गरेका हुन् ।
गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनअघि टिकटक प्रयोगकर्ताले ‘नेपोबेबी ट्रेन्ड’ चलाएका थिए । यसले पुराना दलका नेताहरूलाई खुलेर बाहिर हिँड्न असहज हुने परिस्थिति निर्माण भयो ।
यसैको पृष्ठभूमिमा जेनजी आन्दोलन चर्कियो । अन्ततस् त्यो आन्दोलनले तत्कालीन एमाले(कांग्रेस गठबन्धन सरकार ढालिदियो ।
अझै पनि नेताहरूले नचेतेको र पुरानै प्रवृत्ति दोहोर्याएको भन्दै युवाले असन्तुष्टि व्यक्त गरेका छन् । यही कारण अब पार्टीनिकट व्यक्तिहरू (उनीहरूको भाषामा झोले) एक्पोज गरिनुपर्ने भन्दै नयाँ ट्रेन्ड सुरु भएको हो ।
‘नेपो बेबी र करप्ट पोलिटिसियनहरूलाई एक्सपोज गरियो र देशमा ठूलो परिवर्तन आयो,’ कान्छा एफएफएक्स अफिसियल नामक टिकटक ह्यान्डलमा एक प्रयोगकर्ताले भनेका छन्, ‘अब नेपालमा फेरि नयाँ ट्रेन्ड सुरु भएको छ, जसको नाम रहेको छ झोले ट्रेन्ड । जहाँ नेतासँग लिङ्क भएका र व्यक्तिगत रूपमा चिनजान भएकाको फोटो(भिडियो एक्सपोज गरिन्छ ।’
जति सकिन्छ नेताका झोलेहरूलाई पेल्न उनी आह्वान गर्छन् । यो गर्नुको कारण खुलाउँदै उनी थप्छन्, ‘यदि यिनीहरूलाई चिनेनौँ भने हामीलाई नै अप्ठ्यारो पर्छ । त्यसैले जति सकिन्छ यो ट्रेन्ड सबैले चलाऔँ ।’
यसरी चलाइएको ट्रेन्डमा अधिकांशको क्याप्सन देखिन्छ( माउथ ओपन, ब्रेन क्लोज झोले । र, पार्टीका झन्डा समाएर हिँडेका कार्यकर्ताको फोटो राखिन्छ । अनि, कमेन्टभरि देखिन्छ( सबैले ‘झोले, लेट्स एक्सपोज झोले’ भन्दै लेखिएको ।
टिकटक प्रयोगकर्ताले यो रिपोर्ट तयार गर्नुभन्दा एक घन्टाअघि भिडियो बनाउँदै भनेका छन्, ‘साथीहरू, झोले ट्रेन्ड बनाउने समय आयो है । लेट्स गो‘ ।’ त्यसपछि उनले ‘झोले ग्याङ’ भन्दै एउटा र्याप गीत राखेका छन् । सामाजिक रूपमा अपाच्य लाग्ने शब्द प्रयोग भएको उक्त गीतमा मोहन बस्नेत र उनका कार्यकर्ता सडकमा हिँडिरहेको भिडियो राखेका छन् ।
यसरी पोस्ट गर्दै टिकटक प्रयोगकर्ताले सबैलाई आफ्ना बुबा(ममीलाई सम्झाउन भनेका छन् । नत्र एक्सपोज हुने र परिवर्तनलाई कसैले रोक्न नसक्ने आसयका अभिव्यक्ति अधिकांशको सुनिन्छ ।