अध्यागमन विभाग दशैंको टीकाको दिनमात्र बन्द हुने

सहयात्रा टिभी

काठमाडौं । असोज ९, अध्यागमन विभागको सेवा दशैंको टीकाको दिन मात्र बन्द हुने भएको छ । दशैंको सार्वजनिक बिदाको अन्य दिनहरुमा पनि सेवा जारी रहने छ । दशैंको बिदा अवधिमा टीकाको दिनबाहेक अन्य दिनमा पर्यटक भिसा र एजेन्सी शाखा खुला राख्ने विभागले जनाएको छ ।

सरकारी कार्यालयहरुमा दशैंको फूलपातिको दिनदेखि नै सार्वजनिक बिदा दिने गरिन्छ । तर अध्यागमन विभागले फूलपातिदेखि नवमीसम्म पनि सेवा जारी राख्ने जनाएको हो । बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पर्यटक भिसा शाखा र एजेन्सी शाखाबाट प्रदान गरिने सेवा सञ्चालन गरिने विभागका अध्यागमन अधिकृत शिवकुमार अधिकारीले बताए ।

यही असोज १६ गते दशैंको टीकाको दिनमा भने यी सेवा पनि बन्द हुनेछन् । विभागले जारी गरेको सूचनामा दशैं अवधिको सार्वजनिक बिदामा मुख्य दिनबाहेक सबै दिनमा सेवा सञ्चालनमा रहने उल्लेख छ ।

प्रकाशित : 25 September, 2025

प्रतिक्रिया दिनुहोस्