२०८२ साल असोज ११ गते शनिबारको राशिफल

काठमाडौं । असोज ११, आज २०८२ साल असोज ११ गते शनिबार। आश्विन शुक्ल पक्षको पञ्चमी उपरान्त षष्ठी तिथि । तदनुसार सन् २०२५ सेप्टेम्बर २७ तारिख । नवरात्रको छैठौं दिन । कात्यायनी पूजा । विश्व पर्यटन दिवस, पचली भैरव यात्रा । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : दिन सामान्य छ । अवसर गुम्ने सम्भावना छ । स्वास्थ्य र शिक्षामा केही सुधारका संकेत देखिनेछन् । पारिवारभित्र किचलो हुनेछ । सामाजिक क्षेत्रमा अघि नबढ्नु राम्रो हुनेछ ।
वृष : दिन राम्रो छ । गुम्न लागेको धन प्राप्त हुनेछ । स्वास्थ्य, शिक्षामा गरेको प्रयास सफल हुनेछ । सामाजिक र पारिवारिक क्षेत्रमा साथ सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
मिथुन : दिन सामान्य छ । बोलीका कारण अप्ठेरोमा पर्नसक्ने दिन छ । स्वास्थ्य र शिक्षामा ठूलो लगानी नगर्नु राम्रो हुनेछ । राजनीतिक सामाजिक क्षेत्रमा चर्चा हुनेछ । परिवारका सदस्यको सल्लाह लिएर मात्र काम गर्नु फाइदा हुनेछ ।
कर्कट : दिन राम्रो छ । व्यापार व्यवसायमा लाभ मिल्नेछ । सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ । शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा अघि बढ्नुहोला । परिवारलाई विश्वास गर्दा धोका हुने जोखिम छ ।
सिंह : दिन सामान्य छ । मनमा चञ्चलता बढ्नेछ । लामोदुरीको यात्रा तय हुनेछ । आज कात्यायानी देवी पूजा अर्चना गरेर यात्रा गर्नु राम्रो हुन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुन्छ ।
कन्या : दिन राम्रो छ । दाजुभाइसँगको सहकार्यले फाइदा मिल्नेछ । शिक्षामा ढिलासुस्ती भएपनि स्वास्थ्यमा फाइदा हुनेछ । खर्च कटौती गरेर अघि बढ्नुपर्ने दिन छ।
तुला : दिन राम्रो छ । कम बोल्नु उचित हुनेछ । आम्दानीका सोत प्रशस्तै भेटिनेछ । सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ । श्रमको सम्मान प्राप्त हुनेछ। शिक्षामा प्रगति हुनेछ ।
वृश्चिक : दिन राम्रो छ । आफ्नै राशीमा चन्द्रमा पुगेकाले दिन सहज बन्नेछ । लाभ हुने भएकाले व्यापार व्यवसायमा लगानी गर्नुहोला । प्रशंसा गर्नेहरु बढ्नेछ । समाजमा तपाईंको मान बढ्नेछ ।
धनु : दिन सामान्य छ । राजनीतिक, सामाजिक क्षेत्रमा अघि नबढ्नु राम्रो हुनेछ । परिवारमा शंका बढ्नेछ । आज स्वास्थ्यमा भने केही सुधारका संकेत देखिनेछन् ।
मकर : दिन राम्रो छ । लामो समयदेखि अड्किएर बसेका काम आज बन्नेछन् । स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट तपाईंलाई फाइदा हुनेछ । शिक्षा र स्वास्थ्यको क्षेत्रमा बढुवा हुन सक्छ ।
कुम्भ : दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । अनावश्यक यात्रा हुनेछ । राजनीतिक र सामाजिक क्षेत्रमा भने अवसर प्राप्त हुनेछ । पारिवारिक कारणले मनमा असन्तुष्टि बढ्नेछ ।
मीन : दिन राम्रो छ । व्यापार व्यवसायमा गरेको लगानीबाट फाइदा हुनेछ। राजनीतिक, सामाजिक क्षेत्रमा रुची बढ्नेछ । परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।