बिहानै हर्क साम्पाङले मागे प्रधानमन्त्री सुशीला कार्कीकाे राजीनामा

सहयात्रा टिभी

काठमाडौं । असोज ११, धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेका छन् ।

जेनजीको मर्म अनुसार प्रधानमन्त्री कार्कीले काम गर्न नसकेको बताउँदै मेयर साम्पाङले राजीनामा मागेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘ सुशीला जी…तपाईंले जेन्जीको मर्म अनुसारको काम गर्नु सक्नु भएन ! राजिनामा दिनुस् ! म गर्छु उनीहरुको माग पूरा एक-एक गरेर !’

कार्की प्रधानमन्त्री नियुक्त भएको केही दिन मात्रै भएको छ । उनको मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेकको छैन । दुई पटक मन्त्रिपरिषद विस्तार हुँदा ८ सदस्यीय पुगेको छ । कार्कीसँगै ९ मन्त्रालय रहेका छन् । अन्य मन्त्रीहरु पनि २ भन्दा बढी मन्त्रालयको जिम्मेवारीमा छन् । नयाँ पुस्ताका युवाहरुको आन्दोलनपछि बनेको सरकारमा प्रधानमन्त्रीसहित केही मन्त्रीहरू ७० वर्षका आसपासका नियुक्त भएपछि आलोचना हुन थालेको छ ।

प्रकाशित : 27 September, 2025

प्रतिक्रिया दिनुहोस्