बीपी राजमार्गमा अब मात्र २ स्थानमा डाइभर्सन बनाउन बाँकी

काठमाडौं । असोज २४, यही असोज १८ र १९ गतेको अविरल वर्षाका कारण रोशी खोलाको बाढीले क्षतिग्रस्त बीपी राजमार्गका १९ स्थानमध्ये १७ स्थानमा डाइभर्सन बनेको छ ।
अब २ स्थानमा मात्र डाइभर्सन बनाउन बाँकी छ । बीपी राजमार्गको काभ्रे खण्डमा १४ र सिन्धुली खण्डमा ३ स्थानमा डाइभर्सन निर्माण सम्पन्न भएको सडक डिभिजन भक्तपुरका प्रमुख इञ्जिनियर सुमन योगेशले जानकारी दिए ।
सबै काम सकेर आजै साँझसम्ममा राजमार्ग खुलाउने प्रयास भइरहेको डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले जानकारी दिए । राजमार्ग खुलाउन बिहीबार रातभरि पनि काम गरिएको जानकारी दिए ।
बीपी राजमार्गअन्तर्गत सिन्धुलीतर्फ नेपालथोक, बालुवा गरेर तीन स्थानमा डाइभर्सन बनिसकेको सडक डिभिजन कार्यालय खाल्टेका सूचना अधिकारी सुदर्शन उप्रेतीले जानकारी दिए ।
गत असोजको बाढीपहिरोले क्षतबिक्षत बनाएको बीपी राजमार्गमा बनाइएको डाइभर्सन यसपटकको बाढीले सबै बगाएको थियो ।