राष्ट्रिय सभा अध्यक्षले राष्ट्रपति पौडेलसँग भेट

सहयात्रा टिभी

काठमाडौं । असोज २९, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् ।

राष्ट्रिय सभाका अध्यक्ष नारायाण दाहाल विश्वभरका सांसदहरुको महासभा अन्तर व्यवस्थापिका संघ आईपीयूको १५१ औं सम्मेलनमा नेपालको तर्फबाट हुँदैछन् । यो विषयमा जानकारी गराउन दाहाल सितलनिवास पुगेका हुन् ।

सम्मेलनमा भाग लिन दाहाल यही ३१ असोजमा जेनेभा प्रस्थान गर्दैछन् । दाहाल नेतृत्वको टोलीमा राष्ट्रिय सभा सदस्य र कर्मचारी गरेर थप पाँच जना हुनेछन् ।

यो विषयमा यसअघि गत आइतबार राष्ट्रिय सभाका अध्यक्ष दाहालले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा आईपीयूमा उठाउने विषयमा कुराकानी भएको थियो । प्रधानमन्त्री कार्कीले बदलिएको पछिल्लो अवस्थाबारे राम्रोसँग विषय राख्न अध्यक्ष दाहाललाई सुझाएकी छन् ।

‘अन्तर्राष्ट्रिय फोरमहरूमा जानुपर्छ, नेपालको अवस्थाबारे राम्रोसँग राख्नुपर्छ’, प्रधानमन्त्रीले भनेकी थिइन् ।

बुधबार राष्ट्रपतिलाई भेटेर अध्यक्ष दाहालले आईपीयूमा जानेबारे जानकारी गराएका हुन् । भेटका क्रममा राष्ट्रिय सभाको निर्वाचनको विषयमा समेत छलफल भएको जनाइएको छ ।

प्रकाशित : 15 October, 2025

प्रतिक्रिया दिनुहोस्