बङ्गलादेशको एक कपडा कारखानामामा परेर १६ जनाले ज्यान गुमाए

काठमाडौं । असोज २९, बङ्गलादेशको एक कपडा कारखानामा ठूलो आगलागी भएको छ । आगलागीमा परेर कम्तीमा १६ जनाको ज्यान गएको छ ।
फेला परेका १६ वटा शव चिन्न नसकिने गरी जलेको अग्नि नियन्त्रक सेवालाई उद्धृत गरी बीबीसीले जनाएको छ । राजधानी शहर ढाकाको मिरपुर क्षेत्रमा रहेको चार तले कारखानामा आगो लागेको हो ।
कारखानामा लागेको आगो तीन घण्टापछि निभाइएको छ । तर नजिकैको रासायनिक गोदाम भने जलिरहेको देखिएको अग्नि नियन्त्रक सेवाले जनाएको छ । कमजोर सुरक्षा मापदण्ड र पूर्वाधारका कारण पछिल्ला वर्ष बङ्गलादेशमा आगलागीका कारण सयौं मानिसले ज्यान गुमाउने गरेका छन् ।