विश्वकप छनोट : नेपालले आज सामोआसँग खेल्दै, उपाधि जित्ने लक्ष्य

सहयात्रा टिभी

काठमाडौं । असोज ३१, आईसीसी टी २० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोट अन्तर्गत नेपालले आज सुपर सिक्सको अन्तिम खेल सामोआसँग खेल्दैछ।

ओमानको अल अमेरत क्रिकेट स्टेडियममा नेपाल र सामाओ बीचको खेल नेपाली समयअनुसार दिउँसो ४:१५ मा सुरु हुनेछ।

अपराजित रहेर दुई खेल अगावै विश्वकपमा छनोट भएको नेपालले आजको खेल जितेमा पहिलो पटक आईसीसीको प्रतियोगिताको उपाधि जित्नेछ।

उपाधि जितेमा सरकारी पुरस्कार ऐनको विधान अनुसार हरेक खेलाडीले १९ लाख ५० हजार पाउनेछन्।

नेपालले यसअघि २०१० मा आईसीसीको लिग डिभिजन ५ को उपाधि जितेको थियो। सुपर सिक्स अन्तर्गतको पहिलो खेलमा नेपालले युएईलाई १ रनले पराजित गरेको थियो।

त्यस्तै दोस्रो खेलमा नेपालले कतारलाई ५ रन र तेस्रो खेलमा ओमानलाई ३८ रनले पराजित गरेको थियो।

प्रकाशित : 17 October, 2025

प्रतिक्रिया दिनुहोस्