बुलेटले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु दुई जना घाइते

सहयात्रा टिभी

काठमाडौं । कात्तिक १०, मकवानपुरमा ग्यास बुलेटले सोमबार बिहान स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

चितवनबाट मनहरीतर्फ आउँदै गरेको बा.प्र.२-०५७ प ३२३० नम्बरको स्कुटरलाई सोही दिशा तर्फ आउँदै गरेको एनएल ०१ एन ०२८० नम्बरको ग्यास बुलेटले ठक्कर दिएको थियो ।

मृत्यु हुनेमा स्कुटर चालक सिन्धुपालचोकको चौतारा नगरपालिका-५ का ३० वर्षीय केदार श्रेष्ठ रहेका छन् । उनका २८ वर्षीया श्रीमती सरस्वती श्रेष्ठ र २ वर्षीय छोरा प्रवीन श्रेष्ठ भने घाइते भएका छन् ।

दुर्घटनामा परी गम्भीर घाइते भएका केदारलाई उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याइए पनि उनलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

सरस्वती र प्रवीनको भने चितवनको एलाइभ अस्पतालमा उपचार भइरहेको छ । सरस्वतीको अवस्था गम्भीर रहेको र प्रवीनको अवस्था भने सामान्य रहेको छ ।

ठक्कर दिने ग्यास बुलेट र चालक भारत बिहार घर भएका ५५ वर्षीय मोहमद मतिनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : 27 October, 2025

प्रतिक्रिया दिनुहोस्