जमैकामा समुद्री आँधी आएका कारण राजधानी क्षेत्रका बस्ती खाली गरियो
सहयात्रा टिभी
काठमाडौं । कात्तिक ११, अरेबियन सागरमा पर्ने टापु देश जमैकामा शक्तिशाली समुद्री आँधी आएको छ । ‘मेलिसा’ नाम दिइएको यो आँधी टापु देशको इतिहासकै शक्तिशाली मध्येको एक भएको भनिएको छ ।

यसलाई शक्तिको हिसाबले पाँचौं श्रेणीमा राखिएको छ । २८२ किलोमिटर प्रतिघण्टाको हावाको गतिका साथ बहने यो आँधीलाई अमेरिकी मौसमविद्हरूले ‘विनाशकारी र जीवनका लागि घातक’ भनेका छन् ।
यो आँधी अझ तीव्र गतिका साथ मंगलबार बिहानै क्यारिबियन टापुको तटमा अवतरण गर्ने बताइएको छ ।
यसको असरले जमैकामा तीन जनाको मृत्यु भइसकेको छ । यसैगरी हाइटी र डोमिनिकन रिपब्लिकमा चार जनाको ज्यान गइसकेको बीबीसीले जनाएको छ ।
विशेषज्ञहरूले मेलिसाको प्रभावले केही क्षेत्रमा लामो समयसम्म मुसलधारे वर्षा गराउन सक्ने चेतावनी दिएका छन्, जसले घातक बाढी र पहिरोको जोखिम निम्त्याउने अनुमान छ ।


