सर्वपक्षीय सरकार गठन हुनुपर्ने मागमा ओली र विप्लव उभिए एकैठाउँ

सहयात्रा टिभी

काठमाडौं । कात्तिक १२, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कम्युनिस्ट पार्टी नेपालका महासचिव नेत्रविक्रम चन्द सर्वपक्षीय सरकार गठन हुनुपर्ने मागमा एकैठाउँ उभिएका छन् ।

एमालेका अध्यक्ष ओलीले जेनजीसहितको सहभागितामा सर्वदलीयरसर्वपक्षीय सरकार गठनको प्रस्ताव नै अघि सारेका छन् । विप्लवले पनि यही प्रस्ताव राखेका छन् ।

एमाले अध्यक्ष ओलीले भने राष्ट्रिय मानवाधिकार तथा सामाजिक न्याय मञ्च (मानवाधिकार एलाइन्स) को टोलीसँग भएको भेटमा वर्तमान संकट टार्नेगरी सर्वपक्षीय सरकार बनाउने प्रस्ताव अगाडि सारेका हुन् ।

ओलीले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै पुनर्स्थापना हुनुपर्ने बताउँदै आएका छन् । प्रतिनिधिसभाबाट संविधान संशोधन गर्ने र संसद् सदस्य नभएको व्यक्ति चुनावी सरकारको प्रधानमन्त्री नियुक्त हुनसक्ने व्यवस्था गर्नुपर्ने पनि ओलीको प्रस्ताव छ ।

गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । आन्दोलनकै क्रममा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि प्रतिनिधिसभाबाटै सरकार बन्ने अवस्था बनेन ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार बनेको छ । अन्तरिम सरकारलाई आगामी फागुन २१ गते प्रतिनिधि सभाको चुनाव गराउने म्यान्डेड छ ।

 

प्रकाशित : 29 October, 2025

प्रतिक्रिया दिनुहोस्