युएई ‘ए’ लाई नेपालको ३ सय ३४ रनको लक्ष्य, ज्ञानेन्द्रको १५४ रन
काठमाण्डौ । माघ १७, आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु को तयारीमा रहेको नेपाली क्रिकेट टिमले दोस्रो अभ्यास खेलमा युएईको ए टिमलाई ३३४ रनको बिशाल चुनौति दिएको छ । नेपालका उपकप्तान तथा ओपनर ब्यासम्यान ज्ञानेन्द्रमल्लले उत्कृष्ट प्रदर्शन गर्दै १३१ बलमा १७ चौका प्रहार गर्दै १५४ रन बनाएका हुन् ।
टस जितेर पहिला ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ३३ रन बनाउदा दिलिप ७९ बलमा ६ चौका र २ छक्काको मद्दतमा ६४ ,रन अनिल १४ रन, ऐरी ३४ बलमा ३४ रन तथा आरिफ शेखले नटआउट ४१ रन बनाए । सोमबार भएको पहिलो अभ्यास खेलमा नेपालले २५ रनको जित निकालेको थियो। नेपाल माघ अन्तिम सातादेखि नामिबियामा हुने आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ मा सहभागी हुन तयारीका लागी अभ्यास खेल खेली रहेको छ । डिभिजन–२ मा नेपाल, नामिबिया, यूएई, केन्या, क्यानडा र ओमानले प्रतिस्पर्धा गर्दै छन्।