खोसियो राष्ट्रियसभा उपाध्यक्ष र उपसभामुखको स्वकीय सुविधा
सहयात्रा टिभी
काठमाडौं । कात्तिक १७, सांसदहरूसँगै प्रतिनिधि सभाका उपसभामुख र राष्ट्रियसभाका उपाध्यक्षको स्वकीय सुविधा पनि खोसिएको छ ।

सरकारले संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७३ को अनुसूची दुईमा हेरफेर गरेर प्रतिनिधि सभाका उपसभामुख र राष्ट्रियसभा उपाध्यक्षको स्वकीय सुविधा खोसेको हो ।
संंघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७३ को दफा २५ मा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी पदाधिकारी वा सदस्यलाई मर्का नपर्ने किसिमबाट अनुसूचीमा हेरफेर गर्न सक्ने उल्लेख छ ।
यही अधिकार प्रयोग गरेर सरकारले अनुसूची दुई को क्रमसंख्या २ र ३ मा हेरफेर गर्दै उपसभामुख र राष्ट्रियसभा उपाध्यक्षले पाउँदै आएको स्वकीय सुविधा खोसेको हो ।
उक्त ऐन अनुसार उपसभामुख र उपाध्यक्षले स्वकीय सचिव रा।प।द्धि। एकरएक जना पाउँदै आएका थिए । स्वकीय सुविधा खोसिएतापनि उपसभामुख र उपाध्यक्षले पाउने अन्य सुविधा यथावत छ । जस अन्तर्गत दुवैले एक/एक जना कम्युटर अप्रेटर, दुई/दुई जना सवारी चालक, दुई/दुई जना कार्यालय सहयोगी पाउँछन् ।
यसका अलावा एउटा/एउटा प्रिन्टरसहितको कम्युटर, दुई/दुई वटा साइकल, अतिथि सत्कार खर्च प्रति महिना दुईरदुई हजार, अंग रक्षक पदिक एक/एक जना, विल्लादार गार्ड एक/एक जना पाउँछन् ।
सांसदहरूले पाउँदै आएको स्वकीय सुविधा पनि खोसिएको छ । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभामा २७५ जना र राष्ट्रिय सभामा ५९ जना सांसद् हुन्छन् ।


