धनुषामा ब्यवसायीको प्रहरीविरुद्ध नारावाजी
सहयात्रा टिभी
धनुषा । माघ १७, प्रहरीले आफ्नो सहकर्मी पिटेको भन्दै जनकपुरमा व्यवसायीहरुले प्रहरी बिरुद्द नाराबाजी गरेका छन । उनीहरुले चक्काजाम गरी बजार बन्द गरेका छन् । जनकपुर उद्योग वाणिज्य संघले व्यवसायी पिट्ने प्रहरीलाई चौविस घण्टाभित्र कारवाही गर्न माग गरेको छ ।
यसका साथै प्रहरीले फुटपाथ खाली गराउने र अनावश्यक पोस्टर–पम्पलेट र होर्डिङ बोर्ड हटाउने क्रममा जनकपुर उप–महानगरपालिकाले निर्धारण गरेको मापदण्ड भित्रै राखिएको लत्ताकपडा जफत गर्न खोज्दा सिंहले विरोध गरेको र सोहीक्रममा प्रहरीले उनलाई पिटेको ब्यवसायीको आरोप छ । अर्को तर्फ प्रहरीले भने आधिकारीक धारणा ब्यक्त गरिसकेको छैन ।