आईसीसी विश्वकपमा नेपालले यूएईलाई दियो २ सय ४० रनको लक्ष्य
सहयात्रा टिभी
काठमाडौं । कात्तिक १९, आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपालले यूएईलाई २ सय ४० रनको लक्ष्य दिएको छ ।

दुबईमा टस हारेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३९ रन बनायो । नेपालका भीम सार्कीले ४८, कुशल मल्लले ४५ रन बनाए । यूएईका जुनैद सिद्दिकी, मुहम्मद जावदुल्लाह र ध्रुव पराशरले २र२ विकेट लिए ।
यूएईमा चलिरहेको त्रिदेशीय शृङ्खलाको यो अन्तिम खेल हो । शृङ्खलामा घरेलु टोली यूएई, नेपाल र अमेरिका सहभागी छन् । आजको खेलपछि नेपाली टोली स्वदेश फर्कनेछ ।


