झांक्रीसहितका नेताहरू केपी ओलीलाई भेट्न गुन्डु पुगे
सहयात्रा टिभी
काठमाडौं । कात्तिक २०, नेकपा एकीकृत समाजवादी छाडेका नेताहरू रामकुमारी झांक्री, किसान श्रेष्ठ लगायतका नेताहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतका अनुसार, उनीहरूले आज अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन् ।
यही कात्तिक २४ गते दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा ‘घर फर्कने अभियान’ कार्यक्रम आयोजना गरिएको पनि उनले बताए ।
आफूहरू निशर्त एमालेमा फर्कनका लागि तयार भएको नेता श्रेष्ठले यसअघि नै बताइसकेका छन् ।
झांक्री र श्रेष्ठसहितका नेताहरूले पत्रकार सम्मेलन आयोजना गरेर आफूहरू एमालेमा फर्कनसक्ने संकेत गरेका थिए ।


