कांग्रेस नेता मोहम्मद अफताब आलमको निधन
सहयात्रा टिभी
काठमाडौं । कात्तिक २२ , नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद मोहम्मद अफताब आलमको निधन भएको छ ।

उपचारको क्रममा आज बिहान २ बजेर ५८ मिनेटमा उनको काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा निधन भएको हो। पारिवारिक स्राेतका अनुसार उनकाे भेन्टिलेटरमा राखेर उपचार भइरहेकाे थियाे । उपचारकै क्रममा उनकाे निधन भएकाे हाे ।
गत कार्तिक दोस्रो साता मुटुमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। बम बिस्फोट सम्बन्धि मुद्दा मा उच्च अदालतले सफाइ दिएपछि जेठ १४ अदालतबाट रिहा भएपछि उनी बिरामी भएका थिए ।
२०६४ को चुनावी तयारीको क्रममा रौतहटमा बम बिस्फोटमा घाइते भएकोहरुलाई जिउँदै इट्टा भट्टामा जलाएर मारेको उनलाई आरोप थियो । उक्त अभियोगमा जिल्ला अदालत रौतहटले दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो। पछि उच्च अदालतले जिल्लाको फैसला उल्टाएपछि गत जेठमा उनी थुनामुक्त भएका थिए।


