रास्वपाद्वारा उम्मेदवारीको आवेदनका लागि जेनजीलाई आह्वान

सहयात्रा टिभी

काठमाडौं । कात्तिक २३ , राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको उम्मेदवारको आवेदन आह्वान गरेको छ ।

प्रवक्ता मनिष झाका अनुसार सहमहामन्त्री विपिनकुमार आचार्यले प्रस्तुत गरेको उम्मेदवार छनोटको रुपरेखामा आधारित रहेर उम्मेदवारी आह्वान गरिएको हो ।

उम्मेदवार बन्न चाहनेहरुका लागि केही सर्त तथा मापदण्डहरु निर्धारण गरिएको छ ।

रास्वपाको उम्मेदवार हुन चाहने व्यक्ति सार्वजनिक पदको दुरुपयोग नगरेको, वैवाहिक अवस्था वैध रहेको, जात–लिंगको आधारमा अपमान वा कमजोर समूहको शोषण जस्ता आचरण नगरेको, आम्दानी पारदर्शी भएको लगायतका स्वघोषणा गर्नुपर्ने छ ।

उम्मेदवार छनोट प्रक्रिया पारदर्शी, विधिसम्मत र निष्पक्ष भए/नभएको मूल्यांकनका लागि अडिट समिति बनाउने रास्वपाले जनाएको छ ।

जेनजीको स्पिरिको प्रतिनिधित्वलाई समानुपातिक बन्दसूचीमा समेट्दै ४० वर्षबीचका युवाका लागि उनीहरुको जनसंख्या अनुपातकै आधारमा २७ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।

त्यसैगरी प्रवासबा उम्मेदवार बन्न फर्किने नेपालीका लागि १० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको रास्वपा प्रवक्ता झाले जानकारी दिए ।

 

प्रकाशित : 9 November, 2025

प्रतिक्रिया दिनुहोस्