झापा महिला गोल्डकप : उपाधिका लागि आज एपीएफ र पुलिस भिड्ने
सहयात्रा टिभी
काठमाडौं । कात्तिक २४ , पहिलो संस्करणको झापा महिला गोल्डकप फुटबलको उपाधिका लागि आज एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच फाइनल खेल हुँदैछ । झापाको शिवसताक्षीस्थित दुधे रङ्गशलामा दिउँसाे १ बजे हुने प्रतियोगितामा दुवै टोली पहिलो उपाधि रक्षा गर्ने लक्ष्यका साथ मैदानमा उत्रने छन् ।

सेमिफाइलनमा त्रिभुवन आर्मीलाई हराएर एपीएफ फाइनलमा पुगेको हो भने पुलिसले संकटालाई पराजित गरेको थियो । आठ टोली सहभागी प्रतियोगिताको विजेताले १० लाख १० हजार र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।
प्रतियोगितामा सर्वोत्कृष्ट हुने खेलाडीलाई १ लाख ५० हजार रुपैयाँ प्रदान गरिने आयोजक झापा महिला गोल्डकपका अध्यक्ष सन्तोष थोप्राले जानकारी दिए । यसैगरी, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, उदीयमान खेलाडी, प्रशिक्षक र धेरै गोलकर्ताले समान २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।


