नेपाली महिला राष्ट्रिय क्रिकेट टोली भारत प्रस्थान

सहयात्रा टिभी

काठमाडौं । कात्तिक २६ ,नेपाली महिला राष्ट्रिय क्रिकेट टोली भारत गएको छ । उत्तराखण्ड क्रिकेट एशोसिएसनको आयोजनामा भोलिदेखि आउँदो मङ्सिर ३ गतेसम्म हुने खेलका लागि टोली हिजो भारत गएको हो ।

विश्वकप क्रिकेट छनोटको तयारीका लागि महिला टोली भारत गएको हो । नेपाली महिला टोलीले देहरादुनमा स्थानीय टोलीसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

नेपालले भारतको राजस्थान, पश्चिमबङ्गाल र उत्तराखण्डसँग ६ खेल खेल्ने तालिका रहेको नेपाल क्रिकेट सङ्घ (क्यान) का केन्द्रिय सदस्य वीरेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपालले पहिलो खेल भोलि राजस्थानसँग खेल्नेछ । यस्तै कात्तिक २८ गते उत्तराखण्डसँग, कात्तिक २९ गते पश्चिमबङ्गालसँग, मङ्सिर १ गते राजस्थानसँग, मङ्सिर २ गते उत्तराखण्डसँग र अन्तिम खेल मङ्सिर ३ गते पश्चिम बङ्गालसँग खेल्नेछ ।

प्रकाशित : 12 November, 2025

प्रतिक्रिया दिनुहोस्