मकवानपुरको भीमफेदीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । कात्तिक ३० , मकवानपुरको भीमफेदी गाउँपालिका– १ बुङदलमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ चौकीटोलका ३९ वर्षीय वीरबहादुर गुरुङ र पूर्वनवलपरासीको कावासेती–१३ घर भई हेटौंडा–२ चौकीटोल डेरागरी बस्ने ३५ वर्षीय चन्द्रबहादुर गुरुङ छन्। वीरबहादुर मोटरसाइकल चालक हुन् भने चन्द्रबहादुर पछाडि बसेका थिए।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराका अनुसार आइतबार बिहान करिब सात बजे स्थानीयले खोलामा मोटरसाइकल र अचेत अवस्थाका दुई व्यक्ति देखेपछि प्रहरीलाई खबर गरेको थिए।

स्थानीयको सूचनापछि इलाका प्रहरी कार्यालय चौकीटोलबाट प्रहरी घटनास्थल पुग्दा दुवैजनाको मृत्यु भइसकेको थियो। दुर्घटनास्थलको प्रकृति हेर्दा घटना शनिबार रातिको समयमा भएको अनुमान गरिएको एसपी बोहोराले बताए।

 

प्रकाशित : 16 November, 2025

प्रतिक्रिया दिनुहोस्