जेनजी आन्दोलनको विध्वंस एमाले र कांग्रेसका नेताहरूको कमजोरी हो : पूर्वराष्ट्रपति यादव
सहयात्रा टिभी
काठमाडौं । मंसिर २ , पूर्वराष्ट्रपति डा. रामवरण यादवले जेनजी आन्दोलनका क्रममा २४ भदौमा भएको विध्वंस प्रतिगामी र सुनियोजित रहेको बताएका छन् ।

जेनजी आन्दोलनपछिका समग्र घटनाहरूलाई स्तवन्त्र तबरले नियाली रहेका यादवले यो घटना नेताहरूको कमजोरीकै कारण भएको उल्लेख गरेका छन् ।
‘२४ भदौको घटना नेताहरूको कमजोरीले गर्दा भएको हो । २३ भदौमा १९ जना युवाको ज्यान गयो । त्यो दिन घुसपैठ भयो भनिरहेका छन् । राज्य चलाउनेहरूलाई घुसपैठ भएको थाहा हुनुपर्थ्यो,’ ‘सूचना राखेको देखिएन, जेनजीको आन्दोलनलाई हल्का ढंगले लिएको देखियो । यो त्यतिबेला सरकारमा बसेका एमाले र कांग्रेसका नेताहरूको कमजोरी हो ।’
उनले जेनजी युवाहरूले सुशासन, रोजगारी, बेथितिको अन्त्य, सामाजिक सञ्जाल खुलाउने जस्ता मागहरू गरेको र ती माग जायज रहेको उल्लेख गरे । उनले जेनजीले अहिले पनि यो संविधान मार्फतै निकास निकाल्नुपर्छ भनिरहेको र यो कुरा सही रहेको उल्लेख गरे ।


