संगितकार बाबुल गिरी धरौटीमा रिहा

सहयात्रा टिभी

काठमाडौं । मंसिर ५ , आत्महत्या दुरुत्साहनको कसुरमा पक्राउ परेका चर्चित गायक तथा संगितकार बाबुल गिरी धरौटीमा रिहा भएका छन् ।

काठमाडौं जिल्ला अदालतले तीन लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी छुटेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए ।

उनी बुधबार हिरासतबाट छुटेका हुन् । गायिक नितु पौडेल मृत भेटिएपछि प्रहरीले गिरीमाथि अनुसन्धान अघि बढाएको थियो । नितु गिरीकै अनामनगरस्थित स्टुडियोमा आत्मदाहको प्रयास गरेकी थिइन् ।

यता पौडेलेको परिवारले उनीहरू दुई जना प्रेम सम्बन्धमा रहेका र बाबुलले विवाह गर्न नमानेपछि आत्महत्या गरेको बताएका थिए ।

 

 

 

प्रकाशित : 21 November, 2025

प्रतिक्रिया दिनुहोस्