एमाले युवाले प्रदर्शन गर्दै गतिविधिहरूमा अवरोध गरे प्रतिरोध गर्ने चेतावनी
सहयात्रा टिभी
काठमाडौं । मंसिर ५ , एमाले नेता महेश बस्नेतले जेनजीको नाममा आफ्ना गतिविधिहरूमा जहाँ अवरोध हुन्छ त्यहा प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।

एमालेको युवा दस्ता ‘युथ भोलेन्टियर फोर्स’ घोषणा अघि शुक्रबार बबरमहलमा युवाहरूको प्रदर्शनको नेतृत्व गर्दै बस्नेतले प्रतिवाद गर्ने चेतावनी दिएका हुन् ।
उनले खास जेनजीहरूका माग सम्बोधन एमाले नै गर्ने दाबी गर्दै जेनजी आन्दोलनका घाइते र शहीदहरूलाई न्याय दिन पनि प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्ने बताए ।
अध्यक्ष केपी शर्मा ओलीले आज फोर्सको केन्द्रीय कमाण्ड घोषणा गर्दैछन् । नेता बस्नेतले पालिका, वडा र टोलटोलमा सुरक्षा दिनका लागि फोर्स बनाइने जानकारी दिए ।
‘हामी विभिन्त पेशागत संस्थासँग पनि सहकार्य गर्छौं’ नेता बस्नेतले भने,’अब राष्ट्रिय सम्पत्ति जलाउने तोडफोड गर्ने काम हुँदा हामी टुलुटुलु बसेर हेर्दैनौं ।’


