प्रलोपाले भ्रष्टाचारविरुद्ध एन्टिकरप्शन युथ फोर्स बनाउने
सहयात्रा टिभी
काठमाडौं । मंसिर ७, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले भ्रष्टाचारविरुद्ध युवाशक्ति अर्थात् ‘एन्टिकरप्शन युथ फोर्स’ बनाउने भएको छ ।

सुशासनको सुनिश्चितता बिना कुनै पनि देशमा न्याय र विकास हासिल भएको छैन । त्यसकारण, हामी पार्टीभित्र सुशासनको उच्चतम अभ्यास गर्दै देशमा सुशासन कायम गर्न अग्रसर हुनेछौं ।
‘देशमा सुशासन हासिल गर्न मुलतः युवाको अगुवाईमा ‘भ्रट्राचार विरुद्ध युवाशक्ति (एन्टिकरप्सन युथ फोर्स)’ गठन गरिने छ,’ आइतबार आयोजित पार्टी एकता समारोहमा प्रस्तुत पार्टीको राजनीतिक प्रतिबद्धता मस्यौदामा भनिएको छ ।
यो फोर्सले भ्रष्ट लगायतविरुद्ध सामाजिक बहिष्कार अभियान चलाउने प्रलोपाले उल्लेख गरेको छ ।


