प्रहरीमा ७ एसएसपीको दरबन्दी रिक्त
सहयात्रा टिभी
काठमाडौं । मंसिर १२ , नेपाल प्रहरीमा सात प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) को दरबन्दी रिक्त भएको छ । रिक्त एसएसपी बढुवाका लागि करिब दुई दर्जन एसएसपीहरू प्रतिस्पर्धामा छन् ।

केही समयअघि कर्णाली प्रदेश प्रहरी कार्यालयमा कार्यरत एसएसपी प्रकाश रानाभाटले दिएको राजीनामा स्वीकृत भएपछि रिक्त एसएसपीको संख्या सात पुगेको हो ।
रिक्त एआईजी, डीआईजीमा बढुवा गरेसँगै अब एसएसपी बढुवाको तयारी सुरु गरिएको छ । प्राविधिकतर्फका दुई एसएसपीको दरबन्दी समेत जनपदतर्फ मिलान गरेर बढुवा गर्ने तयारी समेत गरिएको छ ।
यसका लागि गर्नेपर्ने संगठन व्यवस्थापन तथा सर्वेक्षण (ओएण्डएम) गर्नका लागि मन्त्री परिषद्ले समेत स्वीकृत दिएको छ । यो सँगै दरबन्दी मिलान गरेर मन्त्रीपरिषद्मा पठाउने बाटो समेत प्रहरी हेडक्वाटरले पाएको छ ।


