मेयर बालेनका पिताको पशुपति आर्यघाटमा अन्त्येष्टि
सहयात्रा टिभी
काठमाडौं । मंसिर १५, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका बुवा रामनारायण शाहको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा शाहको आज मध्यान्ह निधन भएको थियो । उनी लामो समयदेखि मधुमेहका बिरामी थिए । पछिल्लो समय पिसाब संक्रमण सम्बन्धी समस्याले पीडित थिए ।
अस्पतालका अनुसार उनको आज मध्याह्न १२ बजेर २० मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए । त्यसअघि प्रधानमन्त्री सुशीला कार्की अस्पताल पुगेर भेटेकी थिइन् ।
बालेनलाई पितृशोक परेको खबरपछि सरकारका मन्त्री, नेता, समर्थकहरू अस्पतालदेखि आर्यघाटसम्म पुगेका थिए ।
त्यस्तै, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले पनि पशुपति आर्यघाटमा पुगेर श्रद्धाञ्जली व्यक्त गरेका छन् । अहिले अन्तिम संस्कार भइरहेको छ ।


