बाजुरा सदरमुकामको मार्तडी बजारमा आगलागी

सहयात्रा टिभी

काठमाडौं । मंसिर १६, बाजुरा सदरमुकाम मार्तडी बजारमा आगलागी भएको छ ।आगलागीको कारण खुलेको छैन ।

बजारको एक पसलमा लागेको आगो निभाउने प्रयास भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय बार्तडीका सूचना अधिकारी लक्ष्मीराज जोशीका अनुसार दिउँसो करिब १२:२० बजेतिर आगलागी सुरु भएको हो ।

दमकल नहुँदा आगो निभाउन समस्या भइरहेको छ । बजारवासीले प्रहरीको सहयोगमा स्थानीय स्रोत साधन प्रयोग गरी आगो निभाउने प्रयास गरिरहेका छन् ।

 

 

प्रकाशित : 2 December, 2025

प्रतिक्रिया दिनुहोस्