घोषित मितिमै चुनाव गराउन सरकार सम्पूर्ण रूपले जुटेको छ : प्रधानमन्त्री

सहयात्रा टिभी

काठमाडौं । मंसिर १८, प्रधानमन्त्री सुशीला कार्कीले घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा जुटेको बताएकी छन् ।

बिहीबार आयोजित २२औं राष्ट्रिय ज्यापु दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । प्रधानमन्त्री कार्कीले भनिन्, ‘सरकारले आउँदा २१ फागुनमा आमनिर्वाचन गराई युवा शक्तिको हातमा सत्ता सुम्पिएर मुलुकलाई तीव्र विकासको मार्गमा अग्रसर गराउनु पर्ने हाम्रो दायित्व छ ।

२३ र २४ भदौको जेनजी आन्दोलनसँगै घटेका घटनाहरूबाट पाठ सिक्नु पर्ने भन्दै उनले मुलुकको युवा शक्तिले भ्रष्टाचार अन्त्य, सुशासनको स्थापना, आमजनतालाई रोजगारी, गाँसबास कपासको सुनिश्चितताको माग गरेको बताइन् ।

उनले भनिन, ‘ती चाहनाहरू पूरा गर्न सबैले कटिबद्ध भएर आ-आफ्नो ठाउँबाट लाग्न आवश्यक छ ।’

 

प्रकाशित : 4 December, 2025

प्रतिक्रिया दिनुहोस्