भारतमा सवारी दुर्घटना, दुई नेपालीको मृत्यु, तीन घाइते

सहयात्रा टिभी

काठमाण्डौँ । माघ -१८, नेपालगन्जबाट भारतको लखनउतर्फ जाँदै गरेको युपी ४० एक्स ६८१४ नम्बरको बोलेरो गाडी बिहीबार भारतको बहराइचमा दुर्घटना हुँदा घटनास्थलमै दुईजनाको मृत्यु भएको छ भने, तीनजना गम्भीर घाइते भएका हुन् ।

 

घटनामा नेपालगन्ज निवासी मुनब्बर अलि हल्वाई र भुतपूर्व प्रहरी नायव निरिक्षक रोशन शाहको घटनास्थलमै मृत्यु भएको र तीन जना इब्राइम हल्वाई, अमुन खड्का र संग्राम शाह सक्त घाइते भएका हुन् । भारतीय प्रहरीका अनुसार दुर्घटना बहराइच जिल्लाको रिसिया भन्ने ठाउँमा बिहीबार बिहान भएको थियो तर घटनाको कारण भने खुल्न सकेको छैन ।

प्रकाशित : 1 February, 2018

प्रतिक्रिया दिनुहोस्