विराटनगरलाई सुदूरपश्चिमले दियो १४८ रनको लक्ष्य

सहयात्रा टिभी

काठमाडौं । मंसिर २०, नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको पहिलो खेलमा विराटनगर किङ्ग्सलाई सुदूरपश्चिम रोयल्सले १४८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४७ रन बनायो ।


सुदूरपश्चिमका लागि आरिफ शेखले सर्वाधिक नटआउट ४५ रन बनाए । बलको सामना गरेका उनले एक चौका र तीन छक्का प्रहार गरे । त्यसैगरी, ईशान पाण्डेले ३५ बलमा ३८ रन बनाए भने जोश ब्राउनले २५ बलमा २४ रन जोडे । बलिङतर्फ विराटनगरका कप्तान सन्दीप लामिछानेले तीन विकेट लिए । ४ ओभर बलिङ गरेका उनले २० रन खर्चिए । त्यस्तै, प्रतिश जीसीले दुई र बसिर अहमदले एक विकेट लिए ।

एनपीएलमा दुबै टिम प्लेअफमा पुगिसकेका छन् । सुदूरपश्चिम अहिले एनपीएलको अङ्क तालिकामा शीर्ष स्थानमा छ । हालसम्म ६ खेल खेलेको सुदूरपश्चिमले शत प्रतिशत नतिजा निकाल्दै १२ अङ्क जोडेको छ । त्यसैगरी, विराटनगर भने छ खेलबाट चारमा जित र दुईमा हार व्यहोर्दै ८ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ ।

प्रकाशित : 6 December, 2025

प्रतिक्रिया दिनुहोस्