हेटौँडामा अन्यायपूर्वक तरिकाले डोजर चलाएको भन्दै उज्यालो पार्टीबाट विद्याले दिइन् राजीनामा

सहयात्रा टिभी

काठमाडौं । मंसिर २०, उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा दिएकी छन् । हेटौँडामा सडक विस्तार गर्दा अन्यायपूर्वक तरिकाले डोजर चलाएको भन्दै श्रेष्ठले राजीनामा दिएकी हुन् ।

घरधनीलाई उचित मुआब्जा नदिई बत्ति काटेर अन्यायपूर्वक घरजग्गामा बनेको संरचना भत्काएको भन्दै उनले आक्रोश व्यक्त गरेकी छन् । फेसबुकमा उनले लेखेकी छन्, म आज देखि उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यबाट राजीनामाको घोषणा गर्दछु ।अरू अभियन्ता साथीहरू के गर्नु हुन्छ ? मेरो नैतिकताले दिएन । म हेटौडा पीडितको साथ छु ।’

राजीनामा घोषणा गरेपछि पनि उनले सामाजिक सञ्जालमा धारावाहिक स्टाटसहरु लेखिरहेकी छन् । मन्त्री कुलमान घिसिङको राजीनामा माग गर्दै उनले सरकार एडीबी र एमसीसीले चलाएको सरकार भन्दै आरोपित पनि गरेकी छन् ।

प्रकाशित : 6 December, 2025

प्रतिक्रिया दिनुहोस्