जनार्दन शर्मालाई गृह जिल्लामा कालो झन्डा

सहयात्रा टिभी

काठमाडौं । मंसिर २१, नेकपा माओवादी केन्द्रसँगको आबद्धता त्याग्दै ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ (प्रलोपा) गठन गरेर पहिलो पटक आफ्नो गृहजिल्ला रुकुम पश्चिम पुगेका नेता जनार्दन शर्मा ‘प्रभाकर’ ले गृहजिल्लामा विरोधको सामना गर्नुपरेको छ।

आज बिहान काठमाडौंबाट नेपाल वायुसेवा निगमको जहाजमार्फत सदरमुकाम खलंगा ओर्लने क्रममा उनलाई विमानस्थल परिसरमै स्थानीय युवा तथा कार्यकर्ताहरूको समूहले कालो झन्डा देखाएर विरोध प्रदर्शन गरेका हुन्।

नयाँ दल गठन गरेपश्चात् जिल्लामा देखिएको यो असन्तुष्टिका कारण स्थिति तनावपूर्ण बन्न सक्ने आकलन गर्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्थामा कडाइ गरेको छ। विमानस्थलबाट बाहिरिने क्रममा भएको विरोधपछि कुनै पनि किसिमको अप्रिय घटना हुन नदिन र शान्ति सुरक्षा कायम राख्नका लागि सुरक्षाकर्मीहरूको तैनाथी उल्लेख्य मात्रामा बढाइएको छ।

प्रकाशित : 7 December, 2025

प्रतिक्रिया दिनुहोस्