स्थलमै पुगेर बर्दिया घटनाबारे अनुसन्धान सुरु

सहयात्रा टिभी

काठमाडौं । मंसिर २४ , नागरिकता नपाउँदा बर्दियामा बाबु-छोरीले ज्यान गुमाएको घटनाबारे छानबिन गर्न गठित समितिले बुधबार स्थलमै पुगेर अनुसन्धान सुरु गरेको छ ।

समितिकै पहलमा स्थानीय वडा कार्यालयमा मृतक अञ्जु थारुकी ७ वर्षिया छोरी अनिता थारुको जन्म दर्ता र बुबा (कान्छा थारु, ६१) को मृत्यु दर्ता गराइएको छ ।

समिति सदस्य तथा गृह मन्त्रलयका उपसचिव कुलशेखर अर्यालले घटनास्थलमा पुगेर बुझ्दा मुख्य समस्या अञ्जुको छोरीको जन्म दर्ता र उनका बुबाको मृत्यु दर्ता नभएको भन्ने थाहा पाएपछि त्यसलाई समाधान गरिएको बताए ।

अञ्जुका श्रीमान् अनिलविरुद्ध आत्महत्या दुरुत्साहनमा मुद्दा र पक्राउ पूर्जी जारी भएको छ भने मानवअधिकार आयोगले पनि छानबिन गरिरहेको जनाएको छ ।

 

 

प्रकाशित : 10 December, 2025

प्रतिक्रिया दिनुहोस्